आँखा पाक्ने रोग बारे जानकारी

 यति खेर अहिले एकदमै चर्चा रहेको रोग भनेको आँखा पाक्ने रोग । यति बेला यो रोगले एक हिसाबले समाजमा त्रास पनि फैलाएको पाईन्छ ।  आज म यसै बिषयमा तपाईलाइ यस बारे जानकारी प्रदान गर्न गईरहेको छु ।

सचेतनामुलक

बाटोमा हिड्दा, खेल्दा, मुख धुँदा आँखामा फोहर पदार्थहरु परेर आँखाको संक्रमण हुन सक्छ । यस अवस्थामा आँखा रातो हुने, चिलाउने, चिप्रा लाग्ने आदि लक्षणहरु देखिन्छन् । यस्तो अवस्थामा तुरुन्त उपचारको लागि आँखा उपचार केन्द्रमा लैजानु पर्छ ।


आँखा पाक्ने रोगबाट बच्ने उपायहरू:

● जथाभावी रुपमा आँखा नछुने / आँखा छुनु भन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने ।

● सफा पानीले आँखा सफा गर्ने ।

● अरुले प्रयोग गरेका तौलिया / रुमाल प्रयोग नगर्ने ।

●  व्यक्तिगत सरसफाइमा ध्यान दिने । 


आँखा पाक्ने रोग लागिहालेमा के गर्ने ?

●  पटक पटक सफा चिसो पानीले आँखा सफा गर्ने ।

●  आँखा छोइसकेपछी हरेक पटक साबुन पानीले हात सफा गर्ने । 

● आफूले प्रयोग गर्ने रुमाल, तौलिया, कपडा छुट्टाछुट्टै राख्ने र अरुलाई प्रयोग गर्न वा छुन नदिने ।

●  कालो चस्माको प्रयोग गर्ने ।

●  आफुले प्रयोग गरेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने ।

●  जथाभावी रुपमा आँखामा औषधिको प्रयोग नगर्ने ।

Previous Post Next Post